FAQs Complain Problems

flashnews

कमलबबजार नगरपालिका यहालाइ हार्दिक स्वागत गर्दछ छ। थप जानकारी तथा सुचनाकाे लागि E-mail : ito.kamalbazar@gmail.com र फाेन न‌‍ 9858431111. तथा हाम्रो मोबाइल एपः https://play.google.com/store/apps/details?id=infodev.doit_kamalbazar बाट डाउनलोड गर्न सक्नुहुनेछ ।

परिचय

कमलबजार नगरपालिका प्रदेश नं ७ अछाम जिल्लाको पश्चिम दक्षिण भागमा अवस्थित छ । यस नगरपालिलकामा परिक्षण उडान भैसकेको एउटा बिमानस्थल समेत रहेको छ । कमलबजार नगरपालिकाको वि.सं. २०७२ साल भाद्र ३० गतेकोनेपालसरकारकोमन्त्रीपरिषदकोनिर्णयबाटअछामजिल्लाकोसाविककावयाला,मुली,चाल्सा,ढाँकुसरो,र मष्टावण्डाली गा.वि.स. मिलाएर कमलबजार नगरपालिका घोषणा गरे अनुसार २०७२ साल भाद्र ३० गते बिधिवत रुपमा स्थापना भएको हो । तत्कालिन रुपमा कमलबजार नगरपालिकालाई १० वटा वडामा बिभाजित गरिएको थियो । स्थानिय तह निर्धारण तथा शिफारिस आयोगको २०७३ सालको शिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७५३ र अछाम जिल्लामा १० वटा स्थानिय तहहरु घोषणा गर्दा कमलबजार नगरपालिकामा पुनः साविकका गा.वि.स. विरपथ, कुईका वडा नं. १ देखि ५ र घोडासैन वडा नं. २, ३, ४ र ६ वडालाई समावेश गरि १० वटा वडामा बिभाजित गरिएको छ ।

वि.सं. २०३९ साल पहिले अछाम जिल्लाका मंगलसेन, आेिलगाउँ, जुपु, बन्नातोली, कुन्तिबण्डाली, जनालिबण्डाली, कैलास पारीका ठाउँ लगायत बिभिन्न ठाउँवाट नेपालको तराई क्षेत्र र भारत जाने मानिसहरु पाँचुलीको लेकको बाटो हुदै यस ठाउँलाई मुल बाटो बनाई आवत जावत गर्ने गर्दथे । यहाँको स्थानिय वासीहरुले गाइर्, गोरु बाख्रा र भैंसी चरनको रुपमा यस ठाउँको प्रयोग गरि गोठालाहरु खाली चौरमा बस्ने, खेल्ने गर्दथे । वि.सं. २०३९ साल पछि यस ठाउँमाबजुडाकादलबहादुरबिष्टलेपहिलोपसलकोरुपमाशुरुवातगरपेछिकेहिअरुपसलहरुस्थापनाभईसामान्य किनबेच हुनु थाल्यो । पहिले यस क्षेत्रमा पुरानो भत्किएको ईलाका प्रहरी कार्यालय अगाडीको भूभागमा पानीको तलाउँ थियो सो तलाउँलाई वडापोखरा नामले चिनिन्थ्यो, बजारको बिचको भूभागलाई किमडकाट्ना नामले चिनिन्थ्यो भने हालकोअस्पतालनजिकैकोठाउँलाईकालापोखरानामलेचिनिन्थ्योभनेहालपोखरीबनीरहेकोठाउलाँईकमल पोखरी भनिन्थ्यो । वि.सं. २०३९ बैशाखमा वयाला गाउँ पञ्चायतबाट श्री ओम प्रकाश बिष्ट प्रधानपञ्च पदमा निर्वाचित भैसकेपछि उहाँको पहलमा तेतिखेरका जन प्रतिनिधिहरुको बैठक बसी आपसी सल्लाह र सहमतीका आधारमा कमल पोखरीको नामबाट कमलबजारको नामाकरण गरिए पछि यसलाई कमलबजार भन्न थालिएको हो भन्ने भनाई रहेको छ ।