FAQs Complain Problems

संक्षिप्त परिचय

कमलबजार नगरपालिका प्रदेश नं ७ अछाम जिल्लाको पश्चिम दक्षिण भागमा अवस्थित छ । यस नगरपालिलकामा परिक्षण उडान भैसकेको एउटा बिमानस्थल समेत रहेको छ । कमलबजार नगरपालिकाको वि.सं. २०७२ साल भाद्र ३० गतेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट अछाम जिल्लाको साविकका वयाला, मुली, चाल्सा, ढाँकु सेरा, र मष्टावण्डाली गा.वि.स. मिलाएर कमलबजार नगरपालिका घोषणा गरे अनुसार २०७२ साल भाद्र ३० गते बिधिवत रुपमा स्थापना भएको हो । तत्कालिन रुपमा कमलबजार नगरपालिकालाई १० वटा वडामा बिभाजित गरिएको थियो ।

स्थानिय तह निर्धारण तथा सिफारिस आयोगको २०७३ सालको सिफारिसका आधारमा नेपाल सरकारले देशभरी ७४४ र अछाम जिल्लामा १० वटा स्थानिय तहहरु घोषणा गर्दा कमलबजार नगरपालिकामा पुनः साविकका गा.वि.स. विरपथ, कुईका वडा नं. १ देखि ५ र घोडासैन वडा नं. २, ३, ४ र ६ वडालाई समावेश गरि १० वटा वडामा बिभाजित गरिएको छ । कमलबजार नगरपालिका एक पहाडी नगरपालिका हो । यो नगरपालिका समुन्द्री सतहको न्यूनतम ६८० मिटरको उचाई देखि अधिकतम २२०० मिटर सम्मको उचाईमा रहेको छ । भौगोलीक रुपमा यो अक्षांश २९.०५३१० उत्तर देखि देशान्तर ८१.३४२५६० पूर्वमा रहेको छ । यस नगरपालिकाको कार्यालय १९०० मिटरको उचाईमा रहेको छ । कमलबजार नगरपालीकाको सिमाना पूर्वमा पंन्चदेवल विनायक नगरपालिका पश्चिममा मंगलसेन उत्तरमा मंगलसेन नगरपालिका र रामारोसन गाउपालिका तथा दक्षिणमा तुर्माखाँद गाउँपालिका र ढकारी गाउपालिका रहेका छन ।